२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

बैतडी । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ ।आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर वर्षाका कारण बिग्रिएको हो । वर्षाका कारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका ४ जोगेनीका हरिना महराले बताइन् ।

Advertisement

१५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउँदै बिग्रिएको उनले बताइन् । खर कुहिन थालेपछि पशु चौपायालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

सुर्नया गाउँपालिकाको धौलपौरी, जयसिया, मल्ली ओरड, धरमपानी, सउड, घेर, फुलधारा, दुले, रौलालगायतका ठाउँमा काटेर सुकाएको खर बिग्रिएको स्थानीय गणेश भट्टले बताए । काटेर सुकाएको खरमा पानी परेपछि कुहिन्छ ।

अहिले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा खर काट्ने चटारो छ । आगामी हिउँदमा पशु चौपायालाई खुवाउन किसानहरू अहिले खर काटेर सुकाउने गर्दछन् । खरको थुप्रो बनाउन नपाउँदै फिँजाएर राखेको खरमा पानी परेपछि कालो भएर सड्ने गर्दछ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता