ताजा अपडेट »

रुपन्देहीमा ३१ वर्षीया महिला ९ वर्षीय छोरासहित वेपत्ता

आइतबार, ३१ असोज २०७८, १७ : ४९
8 Shares

तिलोत्तमा । रुपन्देहीमा एक ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । असोज २२ गतेदेखि वेपत्ता उनी घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए । “सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्”–उनले भने । आफन्तहरु सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्दे बताए ।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे । आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले जानकारी दिए ।

संगीता बिगत सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।