ताजा अपडेट »

गृहमन्त्री भएको तीन महिनापछि गृहजिल्ला आउँदै खाँण

आइतबार, ३१ असोज २०७८, १६ : ३९
9 Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले गृहमन्त्रालय सम्हालेको तीन महिनापछि रुपन्देही आउँदै छन् । गृहमन्त्री भएको ९५ दिनपछि खाँण कांगे्रस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन रुपन्देही आउन लागेको कांग्रेस रूपन्देहीले जनाएको छ । गृहमन्त्री खाँण कार्तिक १ गते सोमबार भैरहवा विमानस्थल हुँदै गृहनगर तिलोत्तमा आउँदैछन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेका खाँण तीन महिनापछि गृहजिल्ला आउँदैछन् । त्योपनि स्वर्गिय कांग्रेस नेताको शोक सभामा सरिक हुन । उनी गृहमन्त्री भएपछिकै समयमा रुपन्देहीमा विभिन्न घटना तथा विपद् भए तर,कुनैपनि घटनामा नआएको भन्दै रुपन्देहीबासीले उनको आलोचना गरेका छन् ।

बुटवलको ज्योतिनगर पहिरा, तिलोत्तमाको सीता भण्डारी आत्महत्या प्रकरण तथा मोतिपुरको औद्योगिक क्षेत्रमा भएको झडप लगाएतका विषयमा गृहमन्त्री खाँणले चासो नदिएको भन्दै यहाँका जनताले कडा आलोचना गरेका थिए । गत भादौ १३ गते आएको पहिरोले ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएका थिए । बाढीका कारण तिनाउ नदिले घर बगाउँदा बुटवल बुद्धनगरका आधा दर्जन घर परिवार बिचल्लीमा परे । तिलोत्तमामा डुबानका कारण खेतीबालीमा नष्ट हुँदा कृषकले लाखौंको क्षति व्यहोर्नु पर्यो । उक्त समयमा यहाँका जनप्रतिनिधिका रुपमा रहेका गृहमन्त्री बालकृष्ण खाँणले चासो नदिएको भन्दै आलोचना भएका थिए ।

गृहमन्त्री खाँणकै नगर तिलोत्तमामा २७ वर्षीया युवती सीता भण्डारीले हात्महत्या गरेको घटनाले सडकमा टायर बले, रुपन्देही नै अशान्त भयो । खाँणकै नेतृत्वमा रहेको गृह प्रशासनले सीता भण्डारीको आत्महत्या नभई हत्या भएको भन्दै माइती पक्षले दिएको जाहेर लिन नमान्दा आन्दोलन चर्कियो । उक्त समयमा समेत गृहमन्त्री खाँणले चासो नदिएको भन्दै आलोचना भयो ।

केही दिन अघि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधरण बीच झडपमा परी ४ जनाले ज्यान गुमाउनु पर्यो । निर्माणाधिन मोतिपुर औद्यौगिक क्षेत्रमा सुकुम्बासी भन्दै जग्गा अतिक्रमण गर्न आएका व्यक्तिहरु र सुरक्षाकर्मीहरु बीच सझप हुँदा ४ जना सर्वसाधरणले गोली खाएर ज्यान गुमाउनु परेको थियो । सुरक्षा निकायले संमयम्ता नअपनाई गोली चलाउँदा नागरिकले अकालमा ज्यान गुमाउँदा समेत गृहमन्त्रीले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनीप्रतिको आलोचना थप चुलिएको छ ।

गृहमन्त्री सम्हालेको ३ महिनासम्म जिल्ला नफर्किएका खाँणले यहाँ भएका ३ ठूला घटनाहरुमा चासो नदेखाउँदा रुपन्देहीबासीलाई रिझाउन असफल देखिएका छन् । रूपन्देहीबाट समानुपातिक सांसद बनेका खाँण गृहमन्त्री बनेपछि लामो समय जिल्ला नफर्किएको तथा चासो व्यक्त नगरेकोप्रति उद्योगी –व्यवसायी पनि असन्तुष्ट छन् । बाढीबाट रुपन्देहीमा दर्जन बढी उद्योगमा क्षति हुँदा करोडौंको क्षति भएको थियो । यसप्रति पनि कुनै चासो नदेखाएको भन्दै उद्योगीहरु रुष्ट भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।