९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

जेनेभा । एक दशकपछि पहिलो पटक टिबीका विरामी विश्वव्यापी रुपमा बढेको छ । कोभिडका कारण स्वाथ्य उपचारमा पहुँच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्लूुएचओ) ले जनाएको छ ।
 
उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने रोग उन्मुलन गर्न वर्षौदेखि भएका प्रयासमा अबरोध सृजना भएको छ । टिबीबाट अझै पनि विश्वभर लाखौ मानिस पीडित छन् । 

Advertisement

‘पुरानो तथा निको पार्न सकिने रोगबाट प्रभावित लाखौ मानिसहरुको उपचारमा देखिएको खाडल पुर्न लगानीका लागि विश्वव्यापी आह्वान गर्नु तत्काल आवश्यक छ,’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एडहानोम गिब्रेससले एक विज्ञप्तिमा भनेका छन्  । 

सन् २०२० को टिबीसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा डब्लूएचओले रोग निर्मूलको प्रयास कोभिडका कारण अझ प्रभावित भएको जनाएको छ । जसका कारण टिबी रोगीका बिरामी झनै बढेको उसले जनाएको छ । 

डब्लूएचओले विश्वभर करिव ४१ लाख मानिसमा  टिबी भएको तर उनीहरुले आफ्नो रोग आधिकारिक रुपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल नगएको जनाएको छ । सन् २०१९ टिबी रोगीको संख्या २९ लाख रहेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ ।  

टिबी रोगीलाई कोभिड १९ संक्रमणले अझै असर गरेको पनि डब्लुएचओले जनाएको छ । टिबीका लागि छुट्याइएको रकम कोभिड नियन्त्रणमा खर्च गरिएको र लकडाउनका कारण स्वास्थ्य उपचारको पहुँचमा कठिनाइ भएको  डब्लूएचओको भनाई छ । 

सन् २०२० मा टिबीबाट १५ लाख मानिसको मृत्यु भएको थियो । -एजेन्सी 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व एमाले महाधिवेशन : शुद्धोधनमा गौतम प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा स्वाधिनताको रक्षा अबको ‘मिशन’ : महरा एमाले महाधिवेशन : बुटवल उपमहानगरको अध्यक्षमा ज्ञवाली मंसिरभित्रै महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका बनाउन देउवाको निर्देशन एमाले महाधिवेशन : लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा अहमद एमाले महाधिवेशन : सैनामैना नगर अध्यक्षमा न्यौपाने सर्वसम्मत बुटवलबाटै लुम्बिनी प्रदेश सरकार सञ्चालन रुपन्देहीमा ३ लाख बढीका अवैध पटाका बरामद बढी संक्रमित हुनेमा पत्रकार : महासचिव पुरी पीडितलाई घरमै पुगेर राहत वितरण प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली