ताजा अपडेट »

बल्ल दसैँ आएजस्तो लागेको छ : भुवन केसी

विहीबार, २८ असोज २०७८, १९ : १८
10 Shares

गत वर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दसैँ मनाउनु परेको थियो । तर, यसपाली भने लकडाउन छैन, स्थिति अलि सहज छ । तर, साबधानी भने अपनाउनै पर्छ । म आमसर्वसाधारणले झैँ सामान्य तवरले दसैँ मनाउँछु । बुबाआमा, मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्त, आफूभन्दा सानालाई टीका लगाइदिने ।

यो दसैँमा फूलपातीको दिनबाट म बिशेष भूमिकामा अभिनित ‘डाडाको वरपीपल’ फिल्म प्रदर्शनमा आएको छ । कोरोनाका कारण ठप्प रहेको फिल्मी माहौल चलायमान बनाउन फिल्म प्रदर्शन हुन जरुरी छ । 

सोभित बस्नेत भाइले निरन्तर रुपमा फिल्म निर्माण गर्दै प्रदर्शन गरिरहेका छन् । मलाई बल्ल यसपाली दशैंआएझैँ महसुस भएको छ । सबैको फिल्म चलोस्, दुर्गा भवानीले आशीर्वाद दिऊन्, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा बडा दसैँको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।