ताजा अपडेट »

अर्थतन्त्रमा धार्मिक प्रभाव

बुधबार, २७ असोज २०७८, २१ : ११
69 Shares

नेपाल बहुभाषिक, बहुधार्मिक , बहुजातीय तथा बहुसंस्कृति भएको धर्मनिपेक्ष राष्ट्र हो । जसका कारणले गर्दा पनि नेपाली अर्थतन्त्रमा यसको प्रभाव परिहेको छ । जातजाती , धर्म संस्कृतीका आधारमा पनि कतिपय आर्थिक क्रियाकलापहरु निर्देशित तथा सञ्चालित हुने गर्दछन । नेपाली अर्थतन्त्रमा मात्रै नभएर विश्वका सबै देशहरुमा त्यहाँका नागरिकले मनाउने मुख्य सांस्कृतिक पर्व वा उत्सवमा आर्थिक क्रियाकलापमा वृद्धि हुने गरेको पाईन्छ । यसकारण अर्थतन्त्र र धार्मिक पर्व वा उत्सवका बीचमा विश्वका सबै अर्थतन्त्रमा सकारात्मक सम्बन्ध रहेको हुन्छ भन्न सकिन्छ । यस प्रकारको कुरा गरिरहँदा उपभोत्ताको आम्दानीको स्तर तथा आर्थिक अवस्थाको आधारमा उच्चस्चरीय आम्दानी हुनेहरुसँग मात्रै धार्मिक पर्व वा उत्सवको सकारात्मक सम्बन्ध रहने कुरालाई बुझ्न जरुरी छ ।

धर्मका बारेमा विभिन्न कोणहरुबाट परिभाषित गरिएको पाइन्छ । वास्तवमा धर्म भनेको मानिसमा नैतिकता, इमान्दारीता तथा संस्कारको उचित विकास गराउनको लागी मानव स्वयमले सिर्जना गरेको अनुशाशनको नियम हो । मानव भएर नैतिकता र अनुशासनमा रहेर गरिने सम्पूर्ण कार्यहरु नै धर्म हो किनकी यस्तो मानविय कार्यबाट सम्पूर्ण प्राणीहरुले आफ्नोपनको महशुस गरिरहेका हुन्छन् । फरक विचार वा आस्थाका मानिसहरुलाई समेत समेटेर हिँडाउन सिकाउने नैतिक र व्यवहारिक शिक्षा नै धर्म हो । अर्थात् पवित्र मनले सम्रग पक्षको उन्नती , प्रगति वा हितका निम्ति गरिने कार्य नै धर्म हो ।

नेपालमा ८१ प्रतिशत भन्दा नागरिकहरुले हिन्दु धर्ममा विश्वास राख्ने गर्दछन्। जसको अर्थ ८१ प्रतिशत नागरिकहरुले आफ्नो आर्थिक क्रियाकलापहरु सुरुवात गर्दा वा स्थापना गर्दा प्रत्यक्ष रुपमा हिन्दु दर्शनबाट प्रभावित हुन्छ भन्नु हो । अधिकाशं नेपाली औद्योगिक क्षेत्रमा स्थापना भएका वा अन्य स्थानमा स्थापना भएका व्यवसायिक फर्मका आर्थिक क्रियाकलापहरु पूर्ण रुपमा धार्मिक दर्शनबाट निर्देशित रहनुले अर्थतन्त्रमा धर्मले प्रतक्ष्य प्रभाव पार्ने रहेछ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

वर्तमान समयमा नेपालमा हिन्दु धर्ममा आस्था र विश्वास गर्नेहरुको महान पर्व बडा दशै चलिरहेको छ । यसको सामाजिक , सांस्कृतिक , मनोवैज्ञानिक तथा आर्थिक सबै प्रकारका प्रभाबहरु प्रिरहेका छन् । नेपालमा गणतन्त्रको स्थापना पछिका दशैं-तिहार जस्ता पर्वहरुको मौलिकता तथा त्यसको गरिमामा केही आँच आएको कुरालाई समाजशास्त्री तथा मानवशास्त्रीहरुले गरेको खोज अनुसन्धानले प्रमाणित गरिरकेका छन् । समाजमा मनाइने सबै प्रकारका धार्मिक तथा सास्कृतिक पर्व वा उत्सवले त्यो समाजको आर्थिक अवस्थाको वास्तविक चरित्र चित्रण समेत गरेको हुन्छ । नेपाली हिन्दु धर्मावलम्बीहरुले मनाउँदै गरेको दशैं तिहार तथा ती पर्वहरुले उक्त समुदायका मानिसको अर्थतन्त्रमा मिश्रित प्रभाव पारेको हुन्छ । जसलाई उनिहरुको आर्थिक अवस्थाका आधारमा निम्न अनुसार व्याख्या गरिएको छ

१ निम्न वर्गमा प्रभाव
दशैं- तिहार जस्ता नेपाली प्रमुख पर्वको प्रभाव निम्न आय हुने वर्गमा निकै नै पीडा दायक अवस्थामा परेको हुन्छ । छिमेकीकोमा पकाएको मासुको गन्ध सुगाएर गरिबले आफ्नो दशै मनाएको नेपाली बाल कथाले वास्तवमा नेपाली निम्न वर्गिय परिवारमा परेको प्रभावको वास्तविक चरित्र चित्रण गरेको छ । नेपाली समाजले दशैमा नयाँ लुगा लगाएर टिका थाप्नु पर्दछ भन्ने गर्दछ । अफसोच अधिकांश यो वर्गका बालबालिका दुई छाक खानका लागी शहरका आर्थिक रुपले कुलिन दयाँ र धर्मका हिशाबले कठोरमनका मानिसकोमा जुठो भाडाँ माझ्ने मेसिनका रुपमा काम गरिरहेका हुन्छन् । त्यसकारण दशैंमा नयाँ होइन सफा लुगा भन्ने अभियानको सुरुवात गरि निम्न वर्गिय परिवारलाई दशै पिडाको पर्व नभएर हर्षको पर्व हो भन्ने कुरामा यस धर्म गुरुहरु लाग्नु पर्दछ ।

नेपाली समाजमा निम्न वर्गका मानिसहरुलाई कुनै पर्व वा उत्सवले यो पर्व मेरो पनि हो भन्ने भावनाको विकास गराउन सकिरहेको छैन । ईतिहासका पानामा नजर लगाउदा देशका शाशकहरु मध्ये केहीले मात्रै गरिब र निम्न वर्गले पनि चाडवार्डमा रमाएको वा दुःख व्यक्त गरेको पाईन्छ । नेपालमा राजतन्त्रको अन्त्यपछि बनेका कुनै पनि सरकारले यो समुहको मुख्य पर्व कसरी मनाए भनेर सामान्य जानकारी समेत नलिएकोले पनि यिनीहरुले पर्वलाई दशै नभई दशका रुपमा मात्रै मनाई रहेका छन भन्ने प्रमाणित भएको छ ।

देशमा रोजगारीको अवस्था नभएका कारणले छिमेकी देश भारतमा गई श्रम गरेर ल्याएको केही खुसी स्वदेशी दाजु-भाई तथा परदेशी सुरक्षा टोलीबाट लुटिने वर्ग पनि यहिँ नै हो । दशै तिहार जस्ताँ पर्व मनाउनका लागी आफ्नो घर जग्गा जमिन साहुकोमा धितो राख्ने र पछि सोही जग्गा फिर्ता गराउनका लागी परदेश लाग्नु पर्ने बाध्यतामा यो वर्गका नेपालीहरु रहेका छन् । त्यसकारण निम्न वर्गिय नेपालीहरुको आर्थिक क्रियाकलाप र धार्मिक गतिविधिका बीचमा नकारात्मक सम्बन्ध रहेको छ ।

२. उच्च आय वर्गमा प्रभाव
देशको अर्थतन्त्रका हरेक पक्ष तथा उत्पादन र वितरणका क्षेत्रमा सिधै हस्क्षेप गरी देशका आर्थिक क्रियाकलापहरु आफ्नो पक्षमा हिडाउन सक्ने क्षमता राख्ने यो समुदायका लागी धार्मिक पर्व वा उत्सवले हर्ष उल्लासको वातावरण निमार्ण गर्ने गर्दछ । उनिहरुको अर्थतन्त्र र पर्व वा उत्सवका बीचमा सकारात्मक सम्बन्ध रहेको हुन्छ । यो वर्गले धार्मिक पर्व वा उत्सवका समयमा पनि पूँजी संकलन गरिरहेको हुन्छ । देशको उत्पादनका साधन र वितरणमा प्रत्यक्ष रुपमा हस्तक्षेप गरि निम्न र मध्य वर्गिय परिवारलाई धर्म र सस्कारका नाममा आफ्नो आम्दानी खर्च गर्न बाध्य पारेको हुन्छ । समाजमा रहेका निम्न र मध्यम वर्गका मानिसलाई पाप र धर्मको अपव्याख्या गरि जबरजस्ती ऋण लिन बाध्य पार्ने समुह पनि यहि हो । नेपाली समाजमा बाल मनोविज्ञानमा पर्वका नाममा मनोवैज्ञानिक असर पारी निम्न र मध्यम वर्गका अभिभावकलाई नैतिकताको प्रश्न उठाउने पिडक वर्ग पनि यहि नै हो । देशमा रहेका अधिकांश व्यापार व्यवसायमा यसको नेतृत्व छ । जसले पर्वका नाममा केही रकम बोनसका रुपमा वितरण गर्दछ भने पर्व मनाउन खर्च गनै पर्दछ भन्ने वातावरणको सिर्जना गरि पुनः निम्न र मध्यम आय वर्गको आर्थिक अवस्था माथी नै प्रहार गरिरहेको हुन्छ । यसकारण यो वर्गका लागी दशै तिहार जस्ता पर्व वा उत्सवहरु ध्न आर्जन गर्ने मुख्य स्रोत हुन ।

३ मध्यम आय वर्गमा प्रभाव
जगिरे मानसिकताबाट माथी उठेर व्यवसायमा लागेर प्राप्त जोखिम लिन नसक्ने आर्थिक अवस्थाको जीवन बिताई रहेको समुहलाई मध्ययम आय वर्ग समुह भनिन्छ । नेपाली अर्थतन्त्रको दुई तिहाई जनसंख्या यसै समुहमा पर्ने गर्दछ । त्यसकारणले यिनीहरुको आर्थिक क्रियाकलाय र धार्मिक सम्बन्ध चिनीको अभावमा मिश्रिको प्रयोग गरेर बनाएको चियाँ जस्तो हुन्छ । यो वर्गका मानिस अरुमा आश्रित रहेर आफ्नो आर्थिक गतिबिधिलाई अगाडि बढाउने भएकोले धर्म र संस्कार भन्दा पनि आफ्नो आम्दानीको स्रोत प्रति बढि बफादारीका ढगंले काम गर्नु पर्ने विवशतामा रहेको हुन्छ । मध्यम आय वर्गका मानिसहरुले धार्मिक पर्व वा पर्व मनाउन भन्दा पनि केही रकम भए पनि बचाएर भविष्यका लागी राख्नमा रुची राख्ने गर्दछन । आफ्ना आधारभूत आवश्यकता मात्रै पुरा गरेको यो वर्गले धार्मिक कुरामा खर्च गनुलाई अनुत्पादक ठानेको हुन्छ । विशेषगरी नेपाल जस्तो विकासोन्मुख देशमा यो वर्गका नागरिकहरुमा उच्च आय वर्गको नक्कल गर्ने प्रवृती व्यापक मात्रामा रहेको हुन्छ । जसले गर्दा उनिहरु आजीवन यहि वर्गका नागरिक भएर बाच्नु पर्दछ ।

अन्त्यमा , धनिलाई पर्व रमाईलो लाग्ने र गरिबलाई बोझ लाग्ने गरी समाजमा जसरी व्यवहारमा उतारिएको छ । नेपाली अर्थतन्त्रलाई समृद्धिको बाटोमा हिँडाउन सक्दैन । धार्मिक तथा सांस्कृतिक पर्व वा उत्सवहरु आफ्नो आर्थिक क्षमता अनुसार मनाउने प्रणालीको सुरुवात गरौं । हामीले गरेको खर्चका आधारमा नभई कर्मका आधारमा मान , सम्मान वा इज्जत प्राप्ति हुने भएकोले धार्मिक पर्व वा उत्सव मनाउदा आर्थिक रुपमा सक्षम रहेकोले समाजमा रहेका दिन दुःखी , असाहय नागरिकलाई पनि साथसाथै हिँडाउनु नै हाम्रा धार्मिक पर्वको मूल सार हो भन्ने कुरालाई आत्मसाथ गरौं । शुभ दशै , अस्तु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।