४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

दाङ । चारैतिर दसैँको रौनक छ । घरदेखि परदेशमा रहेकाहरू घर फर्किरहेका छन् । गाउँदेखि शहरमा दसैँको रौनक बढेको छ । हुने खाने वर्गहरू दसैँमा के खाने भनेर तयारी गरिरहेका छन् । तर, सुनिता बिकको घरमा दसैँ आएको कुनै महसुस नै छैन। श्रीमानको मृत्यु भइसकेको छ । छोरा साथमा छैनन् । दुई छोराछोरी छोडेर बुहारी पनि अन्तै बिहे गरेर गइसकेके छन् । तुलसीपुर–६ कि सुनितालाई भने हरेक वर्षझैँ यसपालि पनि दसैँलाई कसरी विदाइ गर्ने भन्ने पिर छ । ज्यान पाल्ने समस्या भइरहेको समयमा दसैँ तिहारजस्ता ठूला चाडपर्व आउँदा उनलाई झन् बढी समस्याले सताउने गरेको छ । 

Advertisement

तर, पनि उनले हरेश खाएकी छैनन् । ‘साथमा कमाउने कोही नभए पनि जसोतसो दैनिकी चलेको छ’, उनले भनिन्, ‘अरुबेला भन्दा चाडपर्वमा बढी समस्या हुने गरेको छ ।’  उमेरले करिब ६ दशक पूरा गरिसकेकी सुनिताले चाडपर्व आउँदा बढी समस्या हुने गरेको बताइन् । सल्यानबाट करिब तीन दशकअघि बसाइ सरेर तुलसीपुरमा आएकी उनीसँग अहिले आफ्नो नाममा जग्गा पनि छैन । खानसमेत समस्या भइरहेको समयमा कोठाभाडा बुझाउन समस्या हुने गरेको उनले बताइन् ।

प्रकाश नेपाली तुलसीपुरको एक गोदाममा रोजगारी गर्छन् । उनले गोदामबाट दैनिक चार सय आम्दानी गर्छन् । तर, रोजगारीबाट उनी सन्तुष्ट छैनन् । अन्य समयमा दैनिकी चलाउन समस्या नभए पनि दसैँतिहार जस्ता चाडपर्व आउँदा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता उनलाई हुन्छ । ‘रोजगारी गरेको कमाइले दसैँ खर्च जुटाउन समस्या हुन्छ’, उनले भने, ‘दसैँ आउँदा अरु खुसी हुन्छन् । तर, हामीलाई भने चिन्ता हुन्छ ।’ 

दुई छोराछोरीसहित चार जनाको परिवारलाई अरु समयमा पनि दैनिकी चलाउन समस्या हुने गरेको उनको भनाइ छ । ‘अरु समयमा खर्च जसोतसो गरेर चलाउने गरेको छु’, उनले भने, ‘यसपालि झनै कोरोना महामारीले समस्या पारेको छ, ।’तुलसीपुर–१६ रत्गैँका रन्जना विक उमेरले १५ वर्षको मात्रै भइन् । तर, उनी घरको अभिभावक हुन् । केही समयअघि बुबाको मृत्यु भयो र आमा दोस्रो बिहे गरेर गएपछि उनलाई दसैँ रमाइलोभन्दा बढी दुःखको पर्व हुने गरेको छ ।

चाडपर्व आउँदा आफूलाई भन्दा पनि भाइबहिनीलाई खुसी बनाउने जिम्मेवारी उनलाई छ । ‘मैलेभन्दा पनि भाइबहिनीहरूलाई पनि खुसी बनाउने प्रमुख जिम्मेवारी पाएको छु’, उनले भनिन्, ‘आम्दानी हुने कुनै बाटो नहुँदा दसैँतिहारजस्ता ठूला चाडपर्व आउँदा बढी समस्या हुने गरेको छ ।’ चारैतिर दसैँको रौनक चलिरहँदा उनलाई भने निराशा बढी हुने गरेको छ । ‘अहिलेसम्म हरेक दसैँले खुशी भन्दापनि समस्या थपेर जाने गरेका छन् ।- न्युज कारखाना

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग रूसमा कोरोना बढेपछि अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा