४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

सप्तरी । दशैं लागेको सूचना दिन घटस्थापनाको दिनमा गाउँभरिका घरमा ढोलक बज्थे । ढोलकको आवाजले गाउँभरि दशैंको रौनक ल्याउथ्यो । तर पछिल्लो समय ढोलक नै हराएको छ,’ राजविराज–७ का ४० वर्षीय सुभाष देवले बताए ।

Advertisement

२०६२/०६३ सालको मधेस आन्दोलनले पहिचानको अधिकार मागेसँगै दशैंमा अनिवार्य ढोलक बजाउने चलन उन्मुलन नै भयो । तराईको राम (चमार) समुदायले ढोलक बजाउँदै आए पनि त्यहीँ आन्दोलनपछि सामूहिक रुपमा ढोलक बजाउन भने छोडेका छन् ।

राजविराज–७ कि ६५ वर्षीया राजु देवी उपाध्यायले पनि केही वर्षयता दशैंमा ढोलकको आवाज नसुनेको बताइन । ‘घटस्थापनादेखि नै ढोलक बज्थ्यो । नवरात्रिभरी ढोलक बजाएपछि विजया दशमीको दिन ढोलहा (ढोलक बजाउने) लाई घरधनीले पैसा, चापल जे सक्थे दिन्थे,’ उनले भनिन् सकिन्यो, अचेल त न ढोलक बज्छ न दसैं नै रमाइलो लाग्छ ।’ 

उनले त्यति बेलाको दशैंको रौनक नै अर्कै भएको बताइन । उनले भनिन्, ‘परिवारका सदस्य, आफन्त सबै भेला भएर सुख दुःखका कुरा हुन्थे । छिमेकीहरू पनि परिवारकै सदस्य जस्तो लाग्थ्यो । तर अहिले त जो जहाँ छन् त्यहीँ दसैं मनाउन थाले ।’ 

अहिले त आफ्नै परिवारका सदस्य पनि एकै ठाउँमा बसेर दशैं मनाउन नचाहने ६० वर्षीया राधिका शाहले बताइन । बाहिरबाट कोही आए पनि घरभित्रै कोठाकोठामा मोबाइलमा व्यस्त हुने उनको भनाइ छ । उनले भनिन्, ‘कसैलाई कसैसँग मतलब नै छैन । न त रमझम छ, न त खुसी नै छ ।’

राजविराज नगरपालिका–१६ कि ५५ वर्षीया विमला देवले पनि पहिले जस्तो एक अर्काप्रति माया, स्नेह हराएको बताइन । ‘आफ्नोपन नभएकोले चाडपर्व खल्लो हुनु स्वभाविकै हो ।’ समय परिवर्तन भएसँगै यस्तो भए पनि पहिले पहिले दसैको आन्नद अर्कै रहेको देवको भनाइ छ ।- सुधा देव/न्युज कारखाना

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु