ताजा अपडेट »

देशभरबाट मनसुन बाहिरियो,यस वर्ष दशैंमा वर्षा नहुने

बुधबार, २७ असोज २०७८, १४ : ०६
4 Shares

काठमाडौं । नौ दिन ढिलाइ गरी देशभरबाट मंगलबारदेखि मनसुनी प्रणाली बाहिरिएको छ । असोज २२ गते सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट वाहिरिन शुरु गरेको मनसुनी प्रणाली (मंगलबार) देखि पूर्ण रुपमा बाहिरिएको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
सरदरमा अक्टुवर दुई का दिन नेपालबाट मनसुन बाहिरिने अनुमान गरिएपछि मंगलबार मात्र मनसुनी प्रणाली नेपालबाट वाहिरिएको महाशाखाले विज्ञप्तीमार्फत जानकारी गराएको छ । सरदर समयलाई जल तथा मौसम विज्ञान विभागले १० वर्षपछि यो वर्ष नौ दिन पछि सारेर सेक्टेम्बर २३ बाट अक्टुवर दुई तारिखलाई कायम गरेको थियो ।

मनसुन वाहिरिएसँगै मंगलबार देशभर शुन्य बर्षा भएको छ । यस वर्ष ११५.५ प्रतिशत अर्थात १६२०.२ मिलिमिटर पानी परेको परेको छ । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष बढी बर्षा भएको महाशाखाले जनाएको छ । नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।