४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

लण्डन। पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । 

Advertisement

पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रतिनिधि रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेब लगायत अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

तीन सय भन्दा बढी नेपालीको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले गरे । पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधी गर्नको लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो ।

कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक  सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले धन्यवाद प्रकट गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईंटेलले गरेका थिए । 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के ? पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द बढ्यो सुनको मूल्य बाढीपहिरोको अनुगमन गरेर थप राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री महिला मेयर कप : राष्ट्रिय खेलाडी प्रेरित बागमतीको विजयी सुरुआत बाग्मती प्रदेशसभाको बैठक अन्याेलमा, एमाले सांसद अनुपस्थित हुने सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै