ताजा अपडेट »

पुरुषभन्दा नोबेल पाउने महिलाको संख्या नगण्य, अहिलेसम्म ५९ महिला पुरस्कृत

बुधबार, २७ असोज २०७८, ०७ : ५९
4 Shares

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला  यो पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार वितरणमा लैंगिक बिभेद हुने गरेको चर्चा चलिरहेका बेला पुरुषको तुलनामा नोबेल पुरस्कार पाउने महिलाको संख्या नगण्य  देखिएको हो । 

यो वर्ष पनि एक मात्र महिलाले नोबेल पुरस्कार पाएकी छिन् । अमेरिकी मूलकी फिलपिनी पत्रकार मारिया रेसा यसै साता यो पुरस्कारबाट सम्मानित भएकी थिइन् ।  नोबेल कमिटीले रुसी पत्रकार दिमित्री मुरातोभसँगै रेसालाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको थियो ।

नोबेल पुरस्कार विजेतामा महिलाको संख्या थोरै हुने गरेको रोयल स्विडिश एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसन स्वीकार्छन्  । ‘नोबेल विजेतामा महिलाको संख्या न्युन हुनु दुःखद विषय हो ।’ हानसन भन्छन् । पुरस्कार कुनै लिंग वा निश्चित जातका आधारमा नभई व्यक्तिले गरेको मुल्यांकनका आधारमा दिइनु पर्ने उनको भनाई छ । 

स्वडिश उद्योगपति अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअघि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने घोषणा गरेका थिए । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।