ताजा अपडेट »

अमेरिकी शत्रुतापूर्ण नीतिबिरुद्ध अजय सेना : किम जोङ उन

बुधबार, २७ असोज २०७८, ०८ : ०५
6 Shares

सीउल । उत्तर कोरियाली तानाशाह किम जोङ उनले अमेरिकी शत्रुतापूर्ण नीतिबिरुद्ध अजय सेना विकास गर्न लागिएको बताएका छन् । तर, यस्तो सेना हतियार विकासभन्दा पनि आफ्नो देशको सुरक्षामा केन्द्रित हुने उनले बताएका छन् । 

‘हामी कुनै देशसँग युद्ध गर्दैनौं, बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौं’, उनले भने । मंगलबार राजधानी प्योङयाङमा आयोजित आत्मसुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले अजय सेना घोषणा गरेका थिए । यसअघि उत्तरले आवाज भन्दा पनि चाँडो पुग्ने हाईपरसेनिक र शत्रुको विमान झार्न सक्ने क्षेप्यास्त्र विकास गरेको जनाएको थियो । उत्तरको विकासले छिमेकी दक्षिण कोरिया र जापानले आपत्ती जनाएका थिए । 

छिमेकी मुलुकसँग उत्तरले युद्ध नगर्ने उनले बताए । तर, उनले अमेरिकाको भने चर्को आलोचना गरे । अमेरिकाले प्योङयाङसँग वार्ता गर्नका लागि आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाई थियो । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।