४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

मनिला । फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन्।

एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन्। आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा १,६०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ। फिलिपिन्स वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाए अनुसार स्थानीय समय बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागमा कागायन प्रान्तको ३१५ किलोमिटर पश्चिममा देखिएको थियो।

स्थानीय प्रशासनका अनुसार उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टा चलिरहेको गतिमा थियो। साथै यसैबीच उत्तरी फिलिपिन्समा भारीका कारण पहिरो र बाढी आउँन सक्ने चेतावनी दिइएको छ। आँधीबेहरीले फिलिपिन्सलाई नराम्रोसँग सताइरहेको छ र यसले सयौंको ज्यान लिइरहेको छ भने अर्बौं डलरको नोक्सान पुर्याहएको छ।-सिन्ह्वा

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के ? पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द बढ्यो सुनको मूल्य बाढीपहिरोको अनुगमन गरेर थप राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री महिला मेयर कप : राष्ट्रिय खेलाडी प्रेरित बागमतीको विजयी सुरुआत बाग्मती प्रदेशसभाको बैठक अन्याेलमा, एमाले सांसद अनुपस्थित हुने सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै