४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

सिउल, दक्षिण कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक अजेयू सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।

वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरु कतैतिर लक्ष्यित छैन । उनले स्पष्ट भनेका छन् अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन । किमले सोमबार रक्षा विकास प्रदर्शनी आत्मरक्षा २०२१लाई सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । सो प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए। सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरिया विरुद्ध लक्ष्यित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् । उनले अमेरिकाले गलत निर्णय र कार्यद्यारा यस क्षेत्रमा तनाबको स्थिति सृजना गरिरहेको आरोप लगाएका छन् । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

‘सन् २०२२ मा पनि कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला