४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

वीरगञ्ज । दसैँतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको पाइएको छ । गतवर्ष चाडपर्वमा कोभिड– १९को सङ्क्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा कूल एक हजार ६७२ वटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ । सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कूल रु पाँच अर्ब २२ करोड ७२ लाख ६१ हजार बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैरै रहेको देखिन्छ ।

यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ । उक्त नाकाबाट पछिल्लो दुई महिनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए । सो कार्यालयका अनुसार साउन र भदौमा २०५ वटा सवारीसाधन नेपाल भित्रीएको देखिन्छ । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल उपमहानगरमा काटेर राखिएका ३० हेक्टरको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए