४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

बलेवा । बलबहादुर माझी ६५ वर्षका भए । उनले जाँन्दाको दिनदेखि नै काम भनेको माछा मार्ने र मजदूरी गर्ने भन्ने सिके । बागलुङ नगरपालिका–१ को कालीगण्डकी किनारमा बस्ने परिवारले उनलाई वर्षाको भेल होस् वा हिउँदको चिसो, कालीगण्डकीसँग पौँठेजोरी खेल्न सिकायो । पढाइ, सीप, ज्ञान सबै कालीकिनारका वरिपरिको वातावरण हो, बलबहादुरको । त्यहीँ जन्मिए, त्यहीँ हुर्किए र घरजम गरे । अहिले बुढ्रयौली पनि त्यहीँ बिसाइरहेका छन् । विसं २०४८ मा बागलुङ पोखरा सडक निर्माणका क्रममा माझी बस्ती विस्थापित भयो ।

Advertisement

बागलुङ नगरपालिकाकै बाङ्गेचौरमा अस्थायी बसोबास थालेका बलबहादुरको बास फेरियो तर कर्म फेरिएन । झण्डै २७ वर्षपछि पुरानै ठाउँमा बस्ती बनाएर फर्किएपछि पनि उनको कर्म उही हो । बलबहादुरले सन्तानलाई भने दुःखै गरेर भए पनि पढाए । अहिले छोराछोरी जागिर गर्छन् तर उनलाई भने आफ्नै पुख्यौलीमा सुधार गर्न मन लागेको छ ।

बलबहादुर मात्रै होइन माझी बस्तीका सबैको कथा व्यथा उस्तै हो । बलबहादुर अहिले आफ्नो कर्ममा सुधार खोजीरहेका छन् । माछासँग जोडिएको माझीको जीवन पद्दतिमा सुधारको महसुस नयाँ र पुराना पुस्ताले गर्न थालेका छन् । “यतैकतै सरकारी जग्गामा माछाको पोखरी भए खोलामा माछा मारेर परिवार पाल्नुपर्ने बाध्यता अन्त्य हुन्थ्यो”, बलबहादुर भन्छन्, “नदीमा जाँदाको जोखिम कम हुन्थ्यो, पेसा उही तर सुरक्षित होइन्थ्यो ।” आफ्नो जग्गा नभएकाले माझी समुदायका लागि आफ्नो माछा पोखरी बनाउन समस्या छ ।

आयस्रोतले दैनिकी मात्रै चल्ने भएकाले लगानी गर्न समस्या छ । माझी समुदायले दैनिकी परिवर्तनका लागि व्यावसायीक हुन चाहन्छन् तर समस्याका चाङ छन् । “सरकार र हाम्रो बारेमा सोच्नेलाई भन्ने गरेको छु, पोखरीको व्यवस्था गरिदिनुस्”, बलबहादुरले सुनाए “अब कालीगण्डकीमा होइन आफ्नै माछा पोखरीमा माछा हुर्केको हेर्न मन छ ।” उनले नजिकै कालीगण्डकी रहेकाले पानीको समस्या नहुने बताउँछन् । माझी समुदायको बसोबास रहेको बस्तीलाई लायन्सले नमूना बस्ती घोषणा गरेको छ । यो बस्तीमा माछाको पोखरी, मौरी र बाख्रापालन तथा तरकारी खेती लगाउने योजना छ ।

“मैले समुदायका कुरा सुने, सीप सिकाउने र पोखरी बनाउने कामका लागि पहल थालेको छु”, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले भने, “सीपसँग जोडेर आयआर्जन गर्ने दिगो योजना चाहिन्छ ।” सडक निर्माण पश्चात विस्थापित भएका माझीका लागि एकीकृत बस्ती निर्माण गरेको बागलुङ नगरपालिकाले पनि समुदायको माग अनुसारको उद्यमका लागि सहयोग गर्ने नगरप्रमुख जनकराज पौडेल बताउँछन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा विस्तारै अघि बढिरहेका माझी समुदायका लागि स्वरोजगारमूलक व्यवसाय उत्तम हुने उमा माझीले बताउनुभयो । यो बस्तीमा १७ परिवार माझी स्थायी रुपमा बस्दै आएका छन् भने केही अन्यत्रबाट आएका समेत यहाँ बस्छन् । -रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग