ताजा अपडेट »

रुसमाथि लाग्यो खोप बनाउने फर्मुला चोरेको आरोप !

मंगलबार, २६ असोज २०७८, ०७ : १८
2 Shares

काठमाडौँ । रुसले बनाएको कोरोनाविरुद्धको पहिलो खोपका विषयमा ब्रिटिश मिडियाले प्रश्न उठाएका छन् ।ब्रिटिश मिडियाले रुसले बेलायतको अक्सफोर्ड-एस्ट्राजेनेकाको फर्मुला चोरेर स्पुतनिक-भी खोप तयार गरेको आरोप लगाएका हुन् ।द डेली मेल र द सनले एक रिपोर्ट प्रकाशित गर्दै रुसमाथि आरोप लगाएका हुन् ।  बेलायत सरकारले भने यो आरोपको पुष्टि नगरेपनि अस्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको छ ।

रूसी कम्पनि गेमालेया नेशनल रिसर्च इन्स्टिच्यूट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीले ब्रिटिश फर्मुला चोरी गरेर विश्वकै पहिलो कोरोनाविरुद्धको खोप बनाएको आरोप लगाइएको छ ।

मिडिया रिपोर्टमा ब्रिटिश खुफिया एजेन्सीले रुसी ह्याकर्सले कोरोना खोप बनाइरहेको अक्सफोर्ड युनिभर्सिटीमा साइबर हमलाको प्रयास गरेको खुलासा गरेको थियो । २०२० को मार्चमा खोपको सूचना चोर्न प्रयास गरेको खुलासा भएको थियो भने मे महिनामा रुसले विश्वकै पहिलो कोरोनाको खोप बनाएको घोषणा गरेको थियो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले नै एक अन्तर्वार्तामार्फत रुसले कोरोनाविरुद्धको पहिलो खोप बनाएको जानकारी दिएका थिए ।

मिडिया रिपोर्टमा अक्सफोर्ड-एस्ट्राजेनेका र रुसलेले बनाएको खोप दुवैको एकै किसिमको फर्मुला रहेको छ । जसमा दुवैले निष्क्रिय भाइरसको प्रयोग प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउन गरेका छन् । जसले कोरोनाको भाइरस नष्ट गर्ने गर्दछ ।

ब्रिटेनको प्रतिष्ठित जर्नल द लेसेन्टमा प्रकाशित भएको रिपोर्टमा पनि स्पुतनिकले ठिक त्यहि प्रक्रियाको प्रयोग गरेको छ, जसरी अक्सफोर्डले आफ्नो खोपमा गरेको छ ।त्यस्तै रुसले खोप बनाउदा केवल ७६ जनामा गरेको अध्ययनलाई आधार बनाएको थियो भने त्यसको आधालाई मात्र खोप लगाइएको थियो ।     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।