४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

Advertisement

काठमाडौं । हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर याे फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडि ल्याइसकेका छन् ।

पछिल्लो समय बोन्डको रूपमा ड्यानियल क्रेग छन् । उनी सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिँदै आएका छन् । जेम्स बोन्डका रूपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ भनिएको छ । उनको अन्तिम फिल्म भनिएसँगै नयाँ जेम्स बोन्ड को बन्नेछन् भन्ने चर्चा फिल्मीप्रेमी दर्शकमाझ छ । यसको ट्रेलरमा समेत डबल ओ सेभेनको नयाँ जासुस महिला देखिएकाले नयाँ जेम्स बोन्ड महिला हुन सक्ने अनुमान दर्शकले लगाएका छन् । 

यद्यपि ‘जेम्स बोन्ड’ को रूपमा कहिल्यै पनि महिला नहुने-नबनाइने निर्माता बार्बरा ब्रोकलीले स्पष्ट पारेकी छन् । बोन्ड रंगका बारेमा विकल्प खुल्ला भए पनि महिला नहुनेमा आफूहरू स्पष्ट भएको उनको भनाइ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छन् । कोरोनाभाइरसका कारण सिर्जित अवस्थाले गर्दा बारम्बार रिलिज डेट सरेको ‘नो टाइम टु डाइ’ नेपाल र भारतमा आउँदो अक्टोबर १४ बाट प्रदर्शनमा आउनेछ । 

ब्रिटिस जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५औं फिल्म हो भने क्रेगको बोन्डका रूपमा पाँचौं । जेम्स बोन्ड हलिउडको सबैभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् । क्रेगको यो अन्तिम फिल्म हो ।क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडुलगायतका कलाकारले अभिनय गरेका छन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बाढीपहिरोको अनुगमन गरेर थप राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री महिला मेयर कप : राष्ट्रिय खेलाडी प्रेरित बागमतीको विजयी सुरुआत बाग्मती प्रदेशसभाको बैठक अन्याेलमा, एमाले सांसद अनुपस्थित हुने सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति