ताजा अपडेट »

नेविसंघको प्रदर्शनमा प्रहरीको लाठि चार्ज, महामन्त्री घाइते

आइतबार, १३ माघ २०७५, १७ : २३
4 Shares


माघ १३,

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कपिलेश्वर यादव घाइते भएका छन् ।आइतवार दिउँसो नेविसंघले निकालेको प्रदर्शनमा प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप हुँदा महामन्त्री यादव घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको छ । घाइते यादवको बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार भइहरको छ । माइतिघरबाट निकालिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि २१ जना कार्यकर्ता नियन्त्रणमा लिएको छ । 

आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।