ताजा अपडेट »

मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप , २ जना घाइते

आइतबार, २४ असोज २०७८, १४ : ३७
4 Shares


बुटवल। मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप भएको छ । औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने क्रम बढेपछि आइतबार बिहानैदेखि प्रहरी तैनाथ थियो । प्रहरीले औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा झडप भएको हो। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको झडपमा परी दुई जना घाइते भएका छन् अन्य केहिलाई प्रहरीले पक्राउ गरेको छ।
झडपको क्रममा प्रहरीले दुई राउण्ड गोली चलाउँदै बल प्रयोग गरेको एक स्थानीयले ग्लोबल आवाजलाई बताए । प्रहरीले रातिदेखिनै घर घेराउ गरी स्थानीयलाई पक्राउ गरेको स्थानीयको आरोप छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।