ताजा अपडेट »

गैरसांसदलाई मन्त्री- ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

शनिबार, २३ असोज २०७८, ०७ : ००
8 Shares

काठमाडौँ । संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि यस कार्यको सर्वत्र विरोध भएको छ ।

प्रधानमन्त्रीको यस्तो कार्यले लोकतन्त्र समाप्त हुन सक्ने चेतावनीसमेत नागरिक अगुवा र कानुनविद्हरूले दिएका छन् । प्रधानमन्त्री देउवाको सो कार्यको उनकै पार्टी कांग्रेसभित्र समेत तीव्र विरोध र आलोचना भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको सो कार्यको पार्टीकै वरिष्ठ नेताहरूले तीव्र विरोध गरेका हुन् । कांग्रेस नेताहरूले गैरसांसदलाई मन्त्री बनाउने कार्यको विरोध मात्रै गरेका छैनन्, आफ्नै सभापतिको त्यस प्रकारको गलत कार्यले लोकतन्त्र मासिन सक्ने खतरासमेत औंल्याएका छन् ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुक्रबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र र प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको आरोप लगाए । यो समाचार आजको राजधानी दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।