२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । केही दिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल सञ्चालकले हल खोल्न मानेका थिएनन् ।

Advertisement

काठमाडौँबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेको चलचित्र संघले जनाएको छ । बिहीबार ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ गरी दुई अंग्रेजी फिल्म रिलिज भए । यद्यपि दर्शकको उपथिति भने उत्साहजनक देखिएको छैन । कारण, नोबडी पहिले रिलिज भइसकेको थियो भने ‘फास्ट एद्दड फ्युरियस ९’ लाई दर्शकले डिजिटल माध्यममा हेरिसकेका छन् ।

नयाँ फिल्म हलमा नपाएपछि दर्शकको उपस्थिति भने कमै पाइएको छ । सरकारी बिदा रहे पनि दर्शक उपस्थिति न्यून रहनुलाई वितरक स्वाभाविक रूपमै लिन्छन् । वितरक करण श्रेष्ठले दसैं अगाडिको समयमा दर्शक चाप हलमा निकै कम हुने बताए । 

‘दसैंको किनमेल भएको र हलमा नयाँ फिल्म नभएकोले दर्शकको उपस्थिति कम भएको हो, आउँदो हप्ताबाट बढ्न सक्छ,’ उनले भने । आउँदो हप्ता भने एक नेपाली र एक अंग्रेजी फिल्म रिलिज हुँदैछन् । २६ असाेजमा ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ भने त्यसको दुई दिनपछि जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ रिलिज हुँदैछ। 

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश