२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नेपाल–भारत सीमा खुला भएसंगै चूनौती थपिएको बताएका छन् । उनले आर्थिक क्षेत्र उकास्नलाई भन्दै सबै क्षेत्र खुल्ला गर्दै गर्दा महामारी भित्रिन नदिने कुरामा सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ वितरण समारोहलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले बुद्धभुमिमा आउने बेलामा पर्यटकलाई परेशान हुन नपरोस भन्ने कुरामा सबैले पहलकदमी लिनु पर्ने बताए ।

Advertisement

यस्तै मूख्यमन्त्री केसीले लुम्बिनी प्रदेश आत्मनिर्भर हुन सम्भव रहेको बताएका छन् । उनले यो प्रदेश समृद्धको सबैभन्दा अनुकुल भुभागमा रहेको प्रदेश भएको बताए । “समृद्ध लुम्बिनीको सपना सबैको साझा सपना बनोस्, आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्छ, परनिर्भरताबाट मुक्त हुन आवश्यक छ ।” उनले कोभिड–१९ ले पर्यटन क्षेत्र प्रभावित भएकाले तीनै तहका सरकारले आफ्नो बजेट राहतपूर्ण कार्यक्रममा केन्द्रीत गरेको बताए । “स्रोतहरु घट्दै छन्, कतै वित्तीय संकट त आउँदैन,” मुख्यमन्त्री केसीले भने ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले मिडिया सञ्चालन गर्न अत्यन्तै चुनौतीपूर्ण अवस्था रहेको बताए । उनले सञ्चारमाध्यमका लागि नगरपालिकाले बजेट छुट्याएको बताए । कार्यक्रममा लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझीलाई प्रदान गरिएको छ । रायमाझीलाई रु. ५० हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको हो । उनी लुम्बिनी खबर, राष्ट्रिय समाचार समिति र सगरमाथा टेलिभिजनमा आबद्ध छन् । यस अघि उक्त पुरस्कार कान्तिपुर पब्लिकेशन लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवालले प्राप्त गरेका थिए ।

क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, लुम्बिनी प्रेस क्लबका सल्लाहकार लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कारका संस्थापक नारायण प्रसाद सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, भैरहवा मर्निङवाक गु्रपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझी, क्लबका कार्यसमिति सदस्य शशि पन्थी लगायतले बोलेका थिए । क्लबका सचिव शंकर पाण्डेको सञ्चालन एवम उपाध्यक्ष सम्झना शर्माले स्वागत गरेकी थिईन ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ