Jun 8, 2023
काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारत श्रीलंकासँग बराबरीमा रोकिएको छ ।मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो ।
भारतको यो लगातार दोस्रो बराबरी हो । यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । श्रीलंकाको यो पहिलो एक अंक हो । श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ ।भारत बराबरीमा रोकिँदा नेपाललाई भने फाईदा भएको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल फाइनल नजिक रहेको छ ।
प्रतिकृया दिनुहोस्