ताजा अपडेट »

करिश्माको अनुभव भन्छ- ऐना नै समीक्षक र दर्शक

विहीबार, २१ असोज २०७८, १६ : ५४
12 Shares

काठमाडौं । करिश्मा कपुर स्थापित बलिउड अभिनेत्री हुन् । राज कपुरकी नातिनी तथा रणधीर कपुरकी छोरी करिश्माले आफूले पनि अन्य कलाकारले झैँ स्ट्रगल गरेर बलिउडमा स्थापित भएको बताएकी छिन् ।

एक टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले आफूले आफ्ना अग्रजबाटै मिहिनेत गर्न सिकेको बताइन् । 'मलाई अभिनयमा आउन सहज भयो, यद्यपि दर्शकको मन जित्न मैले पनि उत्तिकै मिहिनेत गरेकी छु,' उनले डेब्यु समयको अनुभव साटिन् । 

आफू एक्लै रोड क्रस गर्नसमेत डराउने हुँदा पनि अभिनयको नशा रगतमै रहेको बताइन् । 'म एक्लै बसेर अभिनय गर्ने कोसिस गर्थे । ऐनालाई मेरो गुरु वा समीक्षक भन्न सकिन्छ किनकि त्यहाँ हेरेर धेरै कुरा सिकेकी छुँ,' उनले भनिन् । उनका पिता रणधीरले पनि आफ्नो हजुरबुवा र बुवामार्फत सिकेको सिकाइलाई करिश्मा र करिनासम्म पुर्‍याउने कोसिस गरेको बताए । 

करिश्मा पछिल्लो समय अभिनयमा सक्रिय छैनन् । यद्यपि उनी बेलाबखतमा रियालिटी शोमा देखिने गर्छिन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।