ताजा अपडेट »

गायक शिव परियारले 'पिउने' गीत ल्याउँदै

बुधबार, २० असोज २०७८, २० : १२
4 Shares

काठमाडौं । गायक शिव परियारले आफ्नो चर्चित गीत ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को अर्को शृंखलास्वरूप ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ...’ बोलको गीत ल्याउने तयारी गरेका छन् ।

दसैैको अवसरमा केही दिनमै सार्वजनिक गर्ने लक्ष्य लिइएको सो गीतको भिडियो सोमबार छायांकन सम्पन्न गरिएको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पुष्प खड्काका साथमा टिकटकमा परिचित अञ्जली लुइँटेल र आलिया अधिकारीलाई प्रस्तुत गरिएको गायक परियारले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।