ताजा अपडेट »

सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा

बुधबार, २० असोज २०७८, १६ : २०
6 Shares

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको लघुवित्तको ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर वितरण भएपछि चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।