१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काठमाडौं । साताको चौथो कारोबारकाे दिन बुधबार सेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ । नेप्से दुई दशमलव ६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अंकले बढेर ५०४ दशमलव ७३ मा पुगेको छ ।

Advertisement

बुधबार कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन मंगलबार दुई अर्ब मात्र कारोबार भएकोमा बुधबार बढेको छ । सोमबार तीन अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।

त्यस्तै, बुधबार सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेको छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ । बुधबार सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैमा लघुवित्त अगाडि छ ।

बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् । बुधबार सेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथीलगायत रहेका छन् ।  त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल