१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काठमाडौँ । चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग ९इपिएल० टि टवान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवन पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । पोखराले दिएको ६७ रनको समान्य लक्ष्य चितवनले ७ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

त्यसैगरी लोकेश बम ५, सहन अर्चाचिगे ३, विक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे । पोखरालाई सस्तैमा समेट्न क्रममा चितवनका सागर ढकाल र शाहब आलमले ४÷४ विकेट लिए भने सोमपाल कामी र करिम जनतले १/१ विकेट झारे । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन