५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

साना । यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो ।

यसरी मारिनेमध्येमा अधिकांश हुथी विद्रोही रहेका छन् । यसरी मारिनेमा ७४ जना हुथी विद्रोही लडाकू र अरु आठ जना यमनका सेना रहेका यहाँको सैन्य स्रोतले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा ७४ विद्रोही मारिएका छन्– सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । समाचारअनुसार अधिकांश विद्रोहीहरु मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो । इरानसमर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सैयौं मानिसको ज्यान गएको छ । यहाँ गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकू मारिएका थिए । -सिन्ह्वा

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका