९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

काठमाडौं । चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा प्रवेश गरेको छ । टियु मैदानमा भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजमाथि ९ विकेटको सानदार जित निकाल्दै चितवन फाइनलमा पुगेको हो । 

Advertisement

पोखराले दिएको ६६ रनको झिनो लक्ष्य चितवनले ७.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । चितवनका लागि ओपनरद्वय मोहम्मद शाहजाद र हासिम अन्सारीले ४८ र १४ रन बनाए । करिम जन्नतले ४ रन जोडे ।पोखराका लागि नन्दन यादवले एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा १० विकेट गुमाएर ६६ रन बनाएको थियो । 

पोखराका लागि ओपनर रिचार्ड लेभी र सुनिल धमलाले १९ र १८ रन जोडेका थिए ।  साहन अर्चाचिगेले ३, असेला गुणरत्नेले १, विवेक यादवले २, लोकेश बहादुर बमले ५, विक्रम सोवले ३ रन जोडे । सुशान भारीले १२ रन बनाउँदा किशोर महतोले १ रन जोडे । कप्तान विनोद भण्डारी र नन्दन यादव शून्यमै आउट भए । 

चितवनका लागि सागर ढकाल र साहब आलमले चार/चार विकेट लिए । सोमपाल कामी र करिम जन्नतले एक/एक विकेट लिए । 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश