ताजा अपडेट »

आजदेखि मध्य भोटेकोसीको आईपीओ बिक्री खुला

बुधबार, २० असोज २०७८, ११ : ३१
2 Shares

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ । 

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन् । 

कम्पनीले गत ५ वैशाखमा नेपाल धितोपत्र बोर्डबाट कुल एक करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।