ताजा अपडेट »

आज प्रतिस्थापन बजेट ल्याउँदै लुम्बिनी, एमालेले अवराेध गर्ने

बुधबार, २० असोज २०७८, ११ : २०
2 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो प्रतिस्थापन बजेट ल्याउँदैछ । त्यसका लागि दिउँसाे १ बजे प्रदेशसभा बैठक बस्दैछ । बुधबार बिहान बसेकाे मन्त्रिपरिषद्ले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

यसअघि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अध्यादेशबाट बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट प्रस्तुत गर्नुअघि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लगिने छ । अर्थसम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार सम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएंकाे प्रवक्ता खड्काले बताए।

प्रमुख विपक्षी एमालेले भने प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने मागसहित एमाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेले निर्णय गरी कारबाहीका लागि पठाएका दुई सांसदलाई कारबाही नहुँदासम्म विरोध कायम रहने बताए । उनले नयाँ बजेटका विषयमा मंगलबार कार्यव्यवस्था परामर्श बैठक बसेकाे थियाे ।

१ भदाैबाट सुरु संसदको नवौँ अधिवेशन एमालेले अवरुद्ध गर्दै आएको छ । एमालेकाे अवरोध र बहिस्कारकाबीच ७ असाेजमा  मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।