५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले पार्टीका तर्फबाट मन्त्री बन्नेको टुंगो लगाउने विषयमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।

Advertisement

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने उनले जानकारी दिए । ‘हिजो दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सैद्धान्तिक सहमति भएपछि पार्टीले मन्त्रीको टुंगो लगाउन आज बैठक बोलाएको हो’, गुरूङले भने, ‘सम्भवतः मन्त्री बन्नेको आजै टुंगो लाग्छ होला ।’

सत्ता साझेदार दलहरूबीच हिजो मन्त्रालयको भागबण्डा टुंगिएको छ । यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले थप तीन मन्त्रालय पाउने भएको छ । उसले शिक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी तथा सरसफाइ र कृषि तथा पशुपन्छी विकास गरी तीन मन्त्रालय पाउने सहमति भएको नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय भने यसअघि नै पइसकेको छ । नयाँ मन्त्रालयका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ । पार्टीको भागमा परेको मन्त्रालयको संख्या थोरै र मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि माओवादी केन्द्रमा पनि मन्त्री छान्न सकस परेको छ । 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव