४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

पोखरा । धवलागिरि हिमालका प्रथम आरोही महिला पूर्णिमा श्रेष्ठलाई मङ्गलबार पोखरामा ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) पोखराले सम्मान गरेको छ । नेपाली आरोही महिलाले आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गरेर कीर्तिमान राख्न सफल भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

उनले कोरोना महामारीमा सुस्ताइरहेको पर्यटनलाई उठाउन पर्वतीय पर्यटनको पनि महत्पूर्ण भूमिका हुने जनाउँदै पूर्णिमा र पासाङ ल्हामु शेर्पाले साहस तथा लगावले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको शिर ठाडो गराउन सफल भएको धारणा राखे । सम्मानित आरोही पूर्णिमाले आरोहण आफैँमा चुनौतीपूर्ण काम भए पनि आफूले आत्मविश्वास र साहसका साथ धवलागिरि हिमाल आरोहण गर्न सफल भएको बताईन् । कार्यक्रममा अर्की आरोही पासाङ ल्हामु अस्वस्थ भएका कारणले कार्यक्रममा उपस्थित हुन सकीनन् ।

सेभेन समिट ट्रेकिङ कम्पनीबाट दुवै जना यही असोज २ गते आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न सफल भएका थिए । फोटो पत्रकारसमेत रहेकी पूर्णिमाले यसअघि सन् २०१८ मा सगरमाथा, सन् २०१७ मा मनास्लु र २०१९ मा आमाडब्बलम तथा सन् २०२१ मा अन्नपूर्ण हिमालसँगै धवलागिरि हिमाल पनि आरोहण गर्न सफल भईन् । टान पश्चिमाञ्चलको सचिवालयमा संस्थाका पदाधिकारी र सदस्यको उपथितिमा आयोजित सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मिलन तिवारी जानकारी दिए । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश