ताजा अपडेट »

जसपामा मन्त्री छान्न सकस, केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

बुधबार, २० असोज २०७८, ०९ : ५८
4 Shares

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपा सांसद प्रमोद साहले बताए । बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने रहेको उनले जानकारी दिए ।जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरू यादव, डा. बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो ।  

जसपाले उपसभामुखसहित चार वटा मन्त्रालय पाउने भएको छ । मन्त्रालयको संख्या थोरै र मन्त्रीका आकांक्षीको संख्या धेरै भएपछि जसपालाई मन्त्री टुंगो लगाउन सकस भएका छ । सत्तारुढ दलहरूले आजै मन्त्रीको टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सपथ गराउने बुझिएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।