ताजा अपडेट »

मुख्यमन्त्री राउतले पाउलान् विश्वासको मत ? यस्तो छ अंकगणित

बुधबार, २० असोज २०७८, ०९ : २०
6 Shares

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज बुधबार विश्वासको मत लिँदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनी विश्वासको मत लिन लागेका हुन् । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ । विश्वासको मत लिन बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ । 

प्रदेश २ मा कुल १०७ सांसद थिए । तर, माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि अब १०४ सांसद छन् । जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।