ताजा अपडेट »

राजस्थानमाथि मुम्बईको फराकिलो जित, प्लेअफको सम्भावना कायमै

बुधबार, २० असोज २०७८, ०७ : ५२
4 Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले दिएको ९१ रनको लक्ष्य पछाएको मुम्बईले ८.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउदै ९० रन मात्र बनाएको थियो ।

योजितपछि मुम्बईले प्लेअफमा आफ्नो सम्भावनालाई कायमै राखेको छ । यस सिजनमा चेन्नई, दिल्ली र रोयल च्यालेन्जर्स प्लेअफमा पुगिसकेका छन् भने कोलकोता र मुम्बई चौथो टिमको रुपमा प्लेअफमा पुग्न अगाडी रहेका छन् । दुवैको १३-१३ खेलमा १२-१२ अंक रहेको छ । अब मुम्बई र कोलकोता नाइडर्ससँग प्लेअफको चौथो टिमको लागि प्रतिष्पर्धा गरिरहेका छन् । अब दुवैको अन्तिम खेलबाट नै प्लेअफमा पुग्ने अन्तिम टिमको टुंगो लाग्ने छ ।

अब लिग चरणको अन्तिम खेलमा कोलकोताले आज राजस्थान रोयल्सको सामना गर्ने छ भने मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादको शुक्रबार सामना गर्ने छ ।आजको खेलमा हारेपछि राजस्थानको प्लेअफको सम्भावना लगभग सकिएको छ । पञ्जाब र राजस्थानको १३-१३ खेलमा १०-१० अंक रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।