ताजा अपडेट »

एम्बाप्पे बारे पिएसजी र रियल म्याड्रिड आमने-सामने !

बुधबार, २० असोज २०७८, ०७ : ४५
6 Shares

काठमाडौँ । किलियन एम्बाप्पेका बारेमा रियल म्याड्रिड र पिएसजीबीच फेरी विवाद बढ्ने देखिएको छ ।रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जनवरीमा एम्बाप्पे रियल म्याड्रिडमा आउने टिप्पणी गरेपछि पिएसजीले आपत्ति जनाएको छ ।पेरेजले आफ्नो भनाईको खण्डन गरेपनि पिएसजीका स्पोर्टिंग निर्देशक लियोनार्दोले रियल म्याड्रिडले एम्बाप्पे र पिएसजीलाई अपमान गरिरहेको टिप्पणी गरेका छन् ।

पेरेजले आफुले एम्बाप्पे बारे अर्को ट्रान्सफर विन्डोमा निर्णय हुने बताएको र मिडियामा अन्यथा उदृत गरिएको बताएपनि लियोनार्दोले एक अन्तर्वार्तामा एम्बाप्पेका बारेमा रियल म्याड्रिडले यस अघि करिम बेन्जामाले, त्यसपछि प्रशिक्षक कार्लो एन्सेलोटीले र अहिले अध्यक्ष पेरेजले खेलाडी र क्लब दुवैलाई सम्मान नगरेको आरोप लगाउदै यसलाई पिएसजीले नसहने टिप्पणी गरेका छन् ।

यसअघि पेरेजले एम्बाप्पेसँग रियल म्याड्रिड जाने बारे सहमति भइसकेको संकेत दिएका थिए ।यस अघि गत अगस्तको अन्त्यमा रियल म्याड्रिडले एम्बाप्पेका लागि २२० मिलियन युरोको अफर गरेपनि पिएसजीले सो अफर अस्वीकार गरेको थियो ।यस अघि पिएसजीका निर्देशक लियोनार्दोले एम्बाप्पेले अन्तिम समयमा क्लब छोड्न चाहेको बताएपछि त्यसको एम्बाप्पेले खण्डन गरेका थिए ।

एम्बाप्पेले आफुले पिएसजी छोड्न चाहेको जुलाईमै क्लबमा जानकारी गराएको बताउदै लियोनार्दोको दाबि गलत भएको बताएका थिए । एम्बाप्पेले आफुले क्लब छोड्न चाहेकै कारणले सम्झौता नवीकरण नगरेको र समयमानै क्लबलाई जानकारी गराएको स्पष्ट गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।