ताजा अपडेट »

कपिलबस्तु बहादुरगञ्जको महामारी नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयलाइ मुख्यमन्त्री केसीको निर्देशन

बुधबार, २० असोज २०७८, ०६ : ५१
4 Shares

बुटवल  । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन । मंगलबार विहानदेखी लगातार रुपममा फैलिएको झाडापखाल प्रकृतिको समस्या नियन्त्रण आउन नसकेपछि तुरुन्तर निर्देशन गरेका हुन।

कपिलबस्तु बहादुरगञ्जका आसपासका देवानगयिा, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजा विरामी भएका छन् ।सो महारमारीको बारेमा जानकारी पाउँदा साथमा स्वास्थ्य मन्त्रालयका सविच डा. विकास देवकोटालाई रोकथामका लागि निर्देशन दिएका हुन। उनले त्यस क्षेत्रको रोगको पहिचान, उपचारका लागि कुनै पनि कमी हुन नदिनका लागि मंगलबार दिउसो नै निर्देशन दिएका हुन।

अन्य कर्मचारी पठाइएको र २० गते विहानै स्वास्थ्य सचिवको नेतृत्वमा नै टोली परिचालन गरी नियन्त्रण गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयाेजक मानसिंह विश्वकर्माले जानकारी दिए।  सो विषयमा स्वाथ्य मन्त्रालयको सचिव विकास देवकोटाले प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलबस्तुबाट परिचालन गरिएको बताए । उनले स्वास्थ्य सामाग्रीसहित आवश्यक जनशक्ति पठाई सकेको बताए।

साथै देवकोटाले गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक र कपिलबस्तु अस्पतालमा उपचार भईरहेको समेत जानकारी गराए । साथै पानीका कारणले हैजा भएको हुन सक्ने भन्दै पानीको जाँच गरिरहेको बताए । विहानसम्ममा नियन्त्रण हुने समेत बताए । शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि शुरुआतमा निजि क्लिनिकमा उपचार गरेपछि ३ जनाको मृत्युु भइ सकेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।