ताजा अपडेट »

अपहरण तथा शरीर बन्धक कसुरका दुई अभियुक्त पक्राउ

मंगलबार, १९ असोज २०७८, २१ : ४८
4 Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३  स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरेको छ । 

असोज १५ मा चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित डेराबाट निरमान भोम्जनकी पत्नीलाई धिरोजले अपहरण गरेर लगेर सूचनाका आधारमा पीडितलाई उद्धार गरिएको महाशाखाले जनाएको छ ।

मध्यपुर ठिमी घर भएका धिरोजले महिलालाई चाँगुनारायण नगरपालिका स्थित सरस्वती खेलमा रहेका भान्जी नाता पर्ने रसिलाको घरमा लगेर बन्धक बनाएर राखेका थिए । प्रहरीले पीडितलाई असोज १७ मा रसिलाको घरबाट उद्धार गरेको थियो ।

उनीहरूलाई अपहरण मुद्दामा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।