ताजा अपडेट »

दशैँलगत्तै १८ वर्षमुनिकालाई लगाइने

मंगलबार, १९ असोज २०७८, २१ : ३०
4 Shares

काठमाडौं । लक्षित जनसंख्याको एक तिहाइलाई असोज मसान्तसम्म खोप दिने सरकारको लक्ष्य पूरा भएको छ । एक तिहाइलाई असोजको अन्त्यसम्म पूर्ण खोप दिने लक्ष्य असोज महिनाको मध्यमै पूरा भएको हो ।

नेपालमा हालसम्म भित्रिएको एक करोड ७८ लाख ५९ हजार ११० डोजमध्ये खरिद खोप एक करोड १० लाख १० हजार डोज रहेको छ ।

बाँकी एक करोड ६८ लाख ५९ हजार ११० डोज खोप अनुदानमा आएको हो । खरिद गरिएको खोपमध्ये ६६ लाख कोभिसिल्ड खोप हो भने ४४ लाख भेरोसेल हो । अनुदान स्वरूप प्राप्त खोपमा सबैभन्दा बढी भेरोसेल खोप रहेको छ ।

नेपालमा भित्रिएको खोपमध्ये भेरोसेल खोपको संख्या एक करोड १९ लाख रहेको छ । दोस्रोमा रहेको कोभिसिल्डको संख्या २४ लाख ४८ हजार रहेको छ । प्राप्त एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० डोज छ भने जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० डोज रहेको छ ।

१८ असोजसम्म एक करोड ४१ लाख ८९ हजार ८५५ मात्रा खोप लगाइसकिएको छ, जसमा ६३ लाख ८४ हजार १७२ जनाले पूर्ण खोप र ७८ लाख पाँच हजार ६८३ जनाले पहिलो मात्रा लगाएका छन् ।

यससँगै लक्षित जनसंख्याको एक तिहाइलाई असोज मसान्तसम्म खोप दिने सरकारको लक्ष्य पूरा भइसकेको छ । एक तिहाइलाई असोजको अन्त्यसम्म पूर्ण खोप दिने लक्ष्य असोज महिनाको मध्यमै पूरा भएको हो ।

हाल देशभर १८ वर्षमाथिका ३५ दशमलव ९ प्रतिशतले पहिलो मात्रा र २९ दशमलव ३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वैशाख मसान्तसम्म खोप लगाउन लक्षित सबै नागरिकलाई पूर्ण खोप दिइसक्ने लक्ष्यका साथ सरकारले तयारी गरिरहेको मन्त्रालयको दाबी छ ।

१० लाख डोज कोभिसिल्ड शनिबार आइपुग्दै

कोभिसिल्ड खोपको १० लाख डोज शनिबार आइपुग्दै छ । भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको खोपमध्ये बाँकी १० लाख डोज आउन लागेको हो ।

नेपालले ५ फागुनमा भारतसँग २० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो । त्यसबेला भारतले आफ्नै देशमा खोप खपत हुने भएकाले नेपाललगायत अन्य देशलाई बिक्री गर्न नसक्ने भन्दै खोप वितरण स्थगित गरेको थियो । पछिल्लो समय भारतमा कोरोना संक्रमण घट्दै गएको र खोप निर्यात गर्न सक्षम भएकाले स्थगित गरिएका मुलुकमा अब खोप वितरण गर्ने घोषणा गरेको हो ।

सोही घोषणाबमोजिम नेपालसँग सम्झौताबमोजिमको १० लाख डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने बताइएको छ ।

दशैँलगत्तै १८ वर्षमुनिकालाई लगाइने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

कोरोनाविरुद्धको एक करोड डोज खोप आउने सुनिश्चितता भइसकेको भन्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्षभन्दा कम उमेरकालाई दशैँलगत्तै खोप दिइने बताए  ।

श्रेष्ठका अनुसार सो अभियानका लागि ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खरिदको व्यवस्था गरिसकिएको छ । एक लाख डोज फाइजर खोप अक्टोबरमा आइपुग्नेछ । -न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।