ताजा अपडेट »

सहुलियत चामल लिनेको भीड

मंगलबार, १९ असोज २०७८, २० : १०
6 Shares

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्री सुरु गरेको पहिलो दिन भीड लागेको छ । लामो समयदेखि बन्द रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा साबिकको भन्दा सहुलियत दरमा खाद्यान्न बिक्री हुन थालेपछि स्थानीयको लाइन लागेको हो । 

सहुलियत दरमा चामल बिक्री सुरु भएको आज पहिलो दिन १२० क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टीका प्रमुख नवीन आचार्यले बताए ।

उनले अहिले मौजात चामलले उपभोक्ताको भीड थेग्न सक्ने अवस्था नरहेको बताए ।

कोल्टी डिपोबाट आजदेखि प्रतिकिलो पाँच रुपैयाँ छुट गरेर चामल बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा प्रमुख मेघराज ओझाले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडी बाजुराले अरुवा मोटो चामल प्रतिकिलो ४५ रुपैयाँमा पाँच रुपैयाँ छुट गरेर ४० रुपैयाँ र कोल्टी डिपोबाट प्रतिकिलो ४८ रुपैयाँमा पाँच रुपैयाँ छुट दिएर प्रतिकिलो ४३ रुपैयाँमा बिक्री गरिएको हो ।

जिल्लाका मार्तडी र कोल्टीमा चामल बिक्री वितरण भए पनि कवाडी डिपोबाट भने बिक्री सुरु नभएको बताइएको छ । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा ३०५ क्विन्टल र कोल्टी डिपोमा ४०० क्विन्टल चामल ढुवानी भएको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।