४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

काठमाडौं । विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्‍मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ । 

Advertisement

नेकपा एमालेसँग विधि, प्रक्रियामा असहमति जनाउँदै अलग भएको नेकपा (एस)ले पार्टीले कस्ता व्यक्तिलाई मन्त्रिपरिषद्‌मा पठाउला भन्ने सबैको चासो रहेको छ । ढिलोमा आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) सहभागी हुने व्यक्तिको मापदण्ड बनाउने तयारीमा जुटेको छ । 

सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले मन्त्रिपरिषद्‌मा सहभागी हुनेको मापदण्ड बनाइने जानकारी दिए । उनले मापदण्डका बारेमा अहिलेसम्म छलफल नभएको र चाँडै नै मापदण्ड बनाइने बताए । उनका अनुसार ज्येष्ठता, योग्यता, समय सापेक्ष, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्रीहरूको नाम पठाउने बताए ।

नेकपा (एस)का महासचिव वेदुराम भुसालले मापदण्ड बनाएर नै मन्त्रिपरिषद्‌मा पार्टीबाट व्यक्ति पठाउने बताए । उनले पार्टीले भूगोल, इतिहास, व्यक्तिको भूमिका, समुदाय जस्तालाई मापदण्ड बनाइने जानकारी दिए । 

‘हामी मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट सहभागी हुनका लागि मापदण्ड बनाउँदै छौँ’, उनले भने, ‘ती मापदण्डका आधारमा मात्र हामीले मन्त्रिपरिषद्‌मा सहभागी गराउँछौ ।’ उनले चाँडै नै बस्ने स्थायी कमिटी बैठकबाट ती मापदण्ड बनाउने र त्यसैको आधारमा मात्र मन्त्रिपरिषद्‍‌मा व्यक्ति पठाउने बताए । 

नेकपा (एस)ले अहिलेको मन्त्रिपरिषद्‌मा पाँचवटा मन्त्रालय पाउने संभावना छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला