ताजा अपडेट »

मादी हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि कारागार चलान

मंगलबार, १९ असोज २०७८, १९ : १७
6 Shares

संखुवासभा । संखुवासभाको मादी नगरपालिका- १ उम्लिङ खोला गाउँमा भएको एकै परिवारका छ जनाको हत्यामा संलग्नलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । सोमबार जिल्ला अदालत संखुवासभाले हत्यामा संलग्न अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए ।

सूचना अधिकारी प्रसाईंका अनुसार उक्त हत्यामा संलग्न मादी नगरपालिका- १ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधारगृह विराटनगर पठाउन आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताए ।  गत २१ भदौ बिहान मादी- १ उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । -न्यूज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।