४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

तेह्रथुम । तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरू परम्परागत भट्टीबाटै अलैंची तयारी गर्दै आएका छन् । अलैंचीको बगानमा बनाइएका भट्टीहरूमा यहाँका किसानहरूले अलैंची तयारी गर्दै आएका हुन् ।

Advertisement

आधुनिक भट्टीको बारे जानकारी नभएकोले परम्परागत भट्टीबाटै तयारी गर्दै आएको छथर गाउँपकालिका-२ का देबी लिम्बुले बताए । ‘गाउँघरमा आधुनिक प्रविधिको भट्टीको महत्व र फाइदाको ज्ञान नभएकाले हामी परम्परागत रूपमै तयारी गर्दै आएका छौँ’,  उनले भने । काँचो दाउरा, धुँवासँगै कृषकहरूले अलै‌ची तयारी गर्दै आएका छन् ।

टिपेर तयारी गरेको अलैंची भट्टीमा सुकाउने गरेको रनमाया लिम्बुले बताइन् । उनी भन्छिन्, ‘पानीले भिजेको दाउराको भरमा अलैंची तयार गर्नुपर्छ । घण्टौँ समय लगाएर तयार गरेको अलैंचीलाई व्यापारीले गुणस्तरीय नभएको भन्दै मूल्य पनि कम दिने गरेका छन्।’

परम्परागत भट्टीमा धेरै समय लाग्ने र गुणस्तरयुक्त पनि नहुने समस्याले किसान पीडित  बन्दै आएका छन् । ग्रामिण क्षेत्रका किसानहरूलाई आधुनिक प्रविधिको भट्टीबारे ज्ञान नहुँदा परम्परागत रूपमै अलैंची तयारी गर्दै आएका छन् । किसानले पाँच रोपनीदेखि ५० रोपनीसम्म क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । जिल्लाको दुई नगरपालिका र चार गाउँपालिकमा अलैंची खेती विस्तार भएको छ । तेह्रथुममा सात सय २३ हेक्टरमा अलैंचीको खेती हुँदै आएको छ । -प्रकाश पाक्साँवा/न्यूज कारखाना

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?]