ताजा अपडेट »

बटुवालाई मास्क बाढ्न आफैँ खटिन्छन् प्रहरी प्रमुख

मंगलबार, १९ असोज २०७८, १८ : २१
2 Shares

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख सर्वसाधरणलाई मास्क बाढ्न आफैँ खटिने गरेका छन् । प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई पछिल्लो एक हप्तादेखि मास्क बाँड्ने कार्यमा  व्यस्त छन् । 

कोरोना महामारी सहज बन्दै जाँदा सर्वसाधरण सर्तकता अपनाउन छाडेपछि प्रहरी प्रमुख भट्टराई स्वयं मास्क वितरण कार्यमा लागेका हुन् । 

चाडपर्वको समयमा सर्वसाधारण किनमेलमा स्वास्थ्य मापदण्डको ख्याल नै नगरी हिँडेको देखेपछि सचेतनासहितको कार्यक्रममा जुटेको प्रहरी प्रमुख भट्टराईले बताए । 

सर्वसाधारणको बढी चहलपहल हुने मुख्य बजार क्षेत्र र सेवाग्राहीको भिडभाड हुने स्थानमा ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए । -न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।