५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

जाजरकोट । नलगाड नगरपालिका- ८ का हरिबहादुर खत्री विरामी भएको ६ दिनपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीस्थित औषधि पसलमा गएर आफूलाई के भएको भन्दै उपचार गर्न आग्रह गर्छन् । 

Advertisement

औषधि पसलमा रहेका सिएमए गरेका स्वास्थ्यकर्मीले छामछुम पारेर लक्षणका आधारमा खत्रीलाई औषधि थमाउँछन् । उनी औषधि सकिएपछि आउनुहोला भन्दै विश्वास्त पार्दै विरामीलाई घर पठाउँछन् । 

अनुमानका भरमा दिइएको औषधिले खत्रीलाई पाँच दिनसम्म खाँदा पनि सन्चो भएन । पाँच दिनपछि आफूलाई सन्चो नभएको भन्दै खत्री सोही औषधि पसलमा आउँछन् । उनै स्वास्थ्यकर्मीले फेरि खत्रीलाई अनुमानको भरमा औषधि दिएर फर्काउँछन् । तर, अनुमानको भरमा दिएको औषधि खाएर पनि केही सन्चो नभएपछि खत्री तीन दिनपछि धामीको शरणमा गएको बताए । 

धामीलाई देखाउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि १२ दिन बितेपछि खत्री उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा पुग्छन् । 
सो अस्पतालका चिकित्कसले आफ्नो एक्सरे र रगत परीक्षण गरेको खत्री बताउँछन् । 

‘सबै जाँच गरेको जम्मा १३ सय लाग्यो, राडीमा औषधि पसलमा चार हजार खर्च गरेको थिएँ । निको भएन । तर, यहाँ एक्सरे र रगत जाँच्दा मलाई त टिबी भएको रहेछ’, खत्रीले सुनाए । 

उनी अहिले अस्पतालकै सिफारिसअनुसार दल्लीस्थित नगर अस्पतालबाट क्षयरोगको औषधि सेवन गरिरहेका छन् ।  ‘मजस्तै धेरै बिरामी भएका गाउँलेहरू औषधि पसलमा गएर जथाभावी औषधि खाँदा हजारौं रुपैयाँ खर्च हुने गरेको छ । यसरी जथाभावी औषधि खाँदा ज्यानसमेत जोखिममा पर्छ’, उनी बताउँछन् । 

जाजरकोट, डोल्पा र रुकुम पश्चिमका अधिकांश गाउँमा दर्ताविना  सञ्चालनमा रहेका औषधि पसलमा जथाभावी औषधि बिक्री गर्दा बिरामीको आर्थिक नोक्सान मात्र भएको छैन, ज्यानसमेत जोखिममा पारेको छ ।  ‘गाउँका स्वास्थ्य संस्थामा उपचारका लागि गए पनि छामछुम पारेर अनुमानकै भरमा औषधि दिने गरिन्छ, कसरी बिरामीलाई सन्चो होस्’ मुड्केचुला गाउँपालिका– ४ का धनबहादुर हमालले भने । 

निश्चित समयमा सरकारी स्वास्थ्य संस्था खुल्ने भएकाले पनि बिरामी औषधि पसलमा उपचारका लागि जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘बिहान १० बजे खुल्ने र दिउँसो ४ बजे बन्द हुने सरकारी स्वास्थ्य संस्थाबाट कसरी सेवा लिने’, हमालले भने, ‘निरन्तर खुल्ने भए पो उपचारमा सहज हुन्छ । सरकारी समयभन्दा फरक समयमा बिरामी भएमा उही औषधि पसलमै धाउनुको विकल्प हुँदैन । ’  

डोल्पामा १५ शय्याको एक मात्र जिल्ला अस्पताल छ । अन्य स्थानीय तहमा स्वास्थ्य संस्था भए पनि पर्याप्त उपकरण नहुँदा उपचारमा सधैँ बाधा पुग्दै आएको छ । जाजरकोट सदरमुकाममा नाम मात्रको ५० शय्या अस्पताले छ । भारी ज्वरो आएको बिरामीको उपचार सम्भव नभएको भन्दै चौरजहारी, नेपालगञ्ज रिफर गरिँदै आइएको छ । 

सदरमुकाम बाहिर दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत उपकरण तथा चिकित्सककै अभावमा उपचार कार्य प्रभावकारी नहुँदा समस्य हुँदै आएको छ । गाउँभन्दा बाहिर सुविधा सम्पन्न ठाउँमा उपचारका लागि लिने रकम नहुँदा जाजरकोटमा मात्र वर्षेनी धेरै मानिसको मृत्यु हुने गर्दछ । 

छिमेकी जिल्ला डोल्पामा सञ्चार सुविधा नहुँदा कहाँ के हुन्छ भन्ने जानकारी नै आउन मुस्किल छ । यदि सूचना आए पनि त्यो धेरै ढिला भइसकेको हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले बताए । 

चिसो मौसममा पाँच महिना उपल्लो डोल्पामा नियमित खोप सेवा नै बन्द हुने गर्दछ । भारी हिमपातका कारण खोप लिएर जान सक्ने अवस्था नहुँदा नियमित खोपबाट उपल्लो डोल्पामा तीन स्थानीय तहका बालबालिका बन्चित हुने गरेका छन् । स्थानीय तहले खरिद गर्ने भनिएको नियमित औषधिसमेत खरिद नगरिएको पाइएको छ । 

गाउँका स्वास्थ्य संस्थामा सबै औषधि नपाउँदा बिरामीहरू हैरान भएको त्रिपुरासुन्दरी नगरपालिका– ७ का विष्णु पहाडीले बताए । उनका अनुसार अधिकांश सुत्केरीहरू असुरक्षित रूपमा घरमै सुत्केरी हुन्छन् । ‘गाउँमा भनेका बेला यातायात साधनदेखि जहाजसमेत पाइँदैन’, पहाडीले भने, ‘डोकोमा बोकेर बिरामीलाई स्वास्थ्य लिनुपर्ने बाध्यता छ ।’ -हेमन्त केसी/न्यूज कारखाना

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु ‘केजिएफ २’मा यशसँग नोराको रोमान्स