ताजा अपडेट »

बाघको आक्रमणबाट एक युवकको मृत्यु

मंगलबार, १९ असोज २०७८, १८ : ०७
14 Shares

चितवन । चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ कुमरोज सामुदायिक वनभित्र घाँस दाउरा गर्ने क्रममा स्थानीय २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो ।

मंगलबार दिउँसो बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

बाघले आक्रमण गरेको स्थानबाट सय मिटर पर झाडीमा बोटेको शव फेला परेको उनले बताए । बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुने बित्तिकै आठवटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाले बोटेको खोजी गरेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।