ताजा अपडेट »

‘बालबालिकामा डेंगुको जोखिम बढी,संवेदनशिल बनौं’

बुधबार, २५ भदौ २०७६, ११ : ०४
18 Shares


यतिबेला देशका करिब ६० जिल्लामा डेँगु रोगको सक्रमण बढिरहेको छ । सामान्य जनतादेखि पूर्वमन्त्री तथा हालका बहालवाला मन्त्रीसम्म यस रोगबाट सक्रमित भइसकेका छन् । केहीले प्राण समेत गुमाएका छन् । हालै मात्र प्रादेशिक अस्पताल बुटवलमा यसै रोगबाट एकजनाको मृत्यु भएको छ । हिमाल, पहाड भन्दा तराइमा विकराल बन्दै गएको डेँगुका कारण सम्पूर्ण सरकारी,गैरसरकारी तथा निजी स्वास्थ्य संस्थानहरुमा विरामीको भिड बढ्दो छ । महामारीको रुप लिएको डेंगु रोगको नियन्त्रण र निराकरणका लागि पहल भने आवश्यकता भन्दा न्यून छ । जहाँ जसलाई पनि आक्रमण गर्न सक्ने यस डेंगुको विषयमा रहेर ग्लोबल आवाजका लागि यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँ भैरहवाका एशोसिएट प्रोफेसर तथा बाल रोग विभाग प्रमुख डा. बद्रिकुमार गुप्तासँग एन.बी.कंडेलले गरेको कुराकानी :

अहिले डेँगुको महामारी छ । वास्तवमा डेँगु कस्तो रोग हो ?
–डेँगु लामखुट्टेद्वारा मानिसमा लाग्ने सक्रमणकालिन रोग हो । यो फरक खालको लामखुट्टेको टोकाइबाट लाग्ने सक्रमण हो । जुन दिउँसोमा बढी सक्रिय हुन्छ । अन्य लामखुट्टे फोहोरो पानीमा बस्छन् भने यो सफा पानीमा बस्ने गर्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । एक सक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर अर्को स्वस्थ व्यक्तिलाई टोक्यो भने मात्र सर्छ । तसर्थ डेँगुको मुख्य कारण र कारक लामखुट्टे नै हो ।

यसबाट सक्रमण हुँदा के कस्ता लक्षणहरु देखिन्छन् ?
–यस रोगको सक्रमण गर्दा अचानक चर्को ज्वरो आउनु , टाउको दुख्नु, मांशपेशी तथा हड्डी दुख्नु,वान्ता आउने ,नाक/मुखबाट रगत आउने , दिसामा रगत देखिने, शरीरमा बिबिरा आउनु,कमजोर हुुँदै जानु लगाएतका लक्षणहरु देखिन्छन् । रुघाखोकी, ज्वरो संग हात खुट्टा र ढाड दुख्ने तथा एलर्जी समेत आयो भने डेँगुको संम्भावना हुन सक्छ ।

यस समयमा नै यो रोगको महामारी हुनुको कारण ?
–यो टेम्प्रेचरका कारण यसै समयमा यस रोगको सक्रमण बढेको हो । बढी र न्यून तापक्रममा भन्दा हालको मौसम अनुसारको तापक्रममा यस रोगको सक्रमण बढि देखिन्छ । यस समयमा विभिन्न स्थानमा हरियाली, झाडी, पानी जम्ने हुँदा लामखुट्टेको उपस्थिति बढि हुन्छ । त्यसमा पनि नेपाल जस्तो विकासशिल देशमा बढी सम्भावना हुन्छ । हाई टेम्प्रेचर र ह्यूमिडिटीका कारण यदि कुनै स्थानमा एकजनालाई भए भाइरल बन्दछ ।

डेँगुले बढी मात्रामा कुन समूह तथा वर्गका मानिसलई सक्रमित बनाउँछ ?
–विशेषगरी डेँगबाट बालबालिकाहरु बढी जोखिममा हुन्छन् । किनकी उनिहरु खुल्ला तथा प्रदुषित क्षेत्रमा पनि खेल्न रुचाउँछन् । कपडा लगाउने कुरामा सचेत हुने कुरामा पछाडि र उनीहरु संवेदनशिल हुुन्छन् । त्यसैगरी वृद्धा–वृद्धा जो कोही पनि प्रतिरोधात्मक क्षमता कम भएका यस रोगबाट चाँडै सक्रमित हुनसक्छन् । दिर्घरोगी, सुत्केरी महलिामा बढी गम्भिरता हुुन्छ । तर, डेँगुवाहक लामखुट्टेले वर्ग, उमेर र समूह हेर्दैन जो कोहीलाई पनि सक्रमित गर्न सक्दछन् ।

रोगबाट सक्रमित हुँदाको अवस्था र उपचार कस्तो हुन्छ ?

–डेँगुको ३ वटा स्टेज हुन्छ १.डेंगु फेवर, २. डेंगु हेमोरेजिक फेवर र ३.डेंगु सक सिम्पट्रोम्स(सिभिएर डेंगु) पहिलो चरणको डेंगु सामान्य हो, यो भाईरल हो, यस अवस्थामा बिरामी ३ देखी ५ दिनमा निको हुन्छ । दोश्रो देखि अन्तिम चरणमा रोगको संक्रमण बढ्दै जटिलतातर्फ जान्छ । डेंगुको तेस्रो चरणमा पुगे २४ देखि ४८ घण्टामा सक्रमितको मृत्यु सेत हुन सक्छ । इन्फेक्शनबाट सक्रमित भएपछि संक्रमितको शरिरमा रहेको रक्त प्लेटेस कमी हुँदै जान्छ । जुन एक स्वस्थ मानिसमा १.५ लाखदेखि ४.५ लाखसम्मको संख्यामा हुन्छ । यदि प्लेटेस (सेतो रक्तकोष) ५० हजार भन्दा कमी भएमा सक्रमित जोखिममा पर्दछ । यदि २० हजारभन्दा कमी भएमा मृत्युको बढी सम्भवाना हुन्छ । त्यस्तै हेमाटो क्रिट बढ्दै जान्छ । जुन ४० भन्दा बढी भए अत्ययाधिक सक्रमित हुुन्छ ।

सुन्दा र बुझ्दा सामान्य लाग्ने तर, महामारीको रुप लिएर ज्यानै जाने डेँगुको वास्तविक उपचार के त ?
–यसको संक्रमणबाट मृत्यु हुने जोखिम र प्रतिशत न्यून छ । यसको उपचारको लागि पहिला डेंगुको जिन पत्ता लगाउनुु पर्दछ । उपचार संक्रमित स्वयम् नै हो । यसको एउटै र पूर्ण उपचार छैन । अर्थात् लामखुट्टेको टोकाई र इन्फेक्शनसँग लड्न प्रतिरोधात्मक क्षमता हुनुपर्दछ । आराम र पोषणमा ध्यान दिनुपर्दछ । बढी नै भए अस्पतालमा प्लेटेस परिवर्तन वा थप गर्नु पर्दछ ।

डेंगुको महामारी फैलिएपनि सरकार तथा सरोकारवालाहरुले चासो र रोकथाममा सक्रियता नदेखाएको जन गुनासो छ । तपाइँ पनि सरोकारवाला यस विषयमा तपाइँको धारणा ?
–वास्तवमै त्यस्तै भइरहेको छ । यो अचानक र अहिलेको मात्र समस्या होइन । सर–सफाई सधैं आवश्यक हो । यस विषयलाई गमिभर रुपमा लिएर स्थानीय तहले लामखुट्टेको वास्स्थान झाडी,नाली,फोहोर डम्पिङ साइड जस्ता क्षेत्रमा सरसफाइसँगै स्वच्छ वातावरण निर्माण गर्ने र स्थानीयवासीलाई पनि आफ्नो घर सेरोफेरो सफा,स्वच्छ राख्न सचेतना फैलाउन निरन्तर प्रयास गर्नु पर्दछ । त्यस्तै रोगले महामारीको रुप लिएपछि सबै तहका सरकारले सक्रिय र प्रभावकारी तवरले निराकरणमा लागेमा यो नियन्त्रण गर्न गार्हो छैन ।

स्वस्थ मानिसको तुलनामा बालबालिकामा यसको जोखिम कस्तो छ ?
–बालबालिकामा अन्य स्वस्थ ब्यक्तिहरुको तुलनामा जोखीम बढीनै हुने गर्दछ । बालबालिकाको इम्यूनिटीपावर बस्यकमानिसको तुलनामा कम हुनेहँुदा यो बढि जोखिमपूर्ण हुने गर्छ । बस्यक मानिसहरु जो सुगर, थाईराईड, प्रेशर, मुटु, किड्नी जस्ता रोगहरु भएका मानिसमा डेंगु भएमा संक्रमण उनिहरुमा झनै छिटो फैलिन्छ ।
बालरोग विशेषज्ञका तर्फबाट बालबालिका र उनका अभिावक तथा सरोकारवालाहरुलाई के भन्नु हुन्छ ?
–बालबालिका निकै संवेदनशिल हुुन्छन् । घर लगाएत सेरोफेरोमा सकेसम्म पानी जम्न र फोहोर हुन नदिऔं । यदि छ भने बालबालिकालाई त्यस्तो स्थानमा खेल्न नदिऔं । त्यसैगरी विद्यालयमा धेरै बालबालिका हुने हुँदा एकजना सक्रमित भए र, त्यहाँ पनि लामखुट्टेको बास भए । रोग सर्ने सम्भवाना बढी हुुन्छ । तसर्थ विद्यालयको वातावराण सफा राखौं । शंका लागेमा कोही बालबालिका संक्रमित भएमा तुरुन्त घर वा अस्पताल पठाऔं । यो रोगबारे आफूपनि सचेत हौं र आफ्नो टोल छिमेकमा पनि सचेतना फैलाऔं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।